Roamwings.com

https://www.facebook.com/roamwingstravel/

धरान विशेष

सप्तरंगी पार्कभित्रको जग्गा व्यक्तिको भन्दै घेराबारा गरेको पाईयो

कोले न्युज: बिहिबार मेयर हर्क साम्पाङले धरान १७ सप्तरंगी पार्कभित्र सरसफाई कार्यक्रम लिएर पुगेपछि पार्कको जग्गा आफ्नो भन्दै व्यक्तिले पिलर गाडेर घेराबारा गरेको पाइएको छ।

मेयर साम्पाङले तत्काल पिलर उखेल्न निर्देशन दिएका थिए । साथै, नगरमा जानकारी नदिएको भन्दै हेरालुलाई लिखित स्पष्टीकरण पेश गर्न पनि निर्देशन दिएका थिए ।

मेयर साम्पाङले भने, ‘कस्ले बारेको, किन बारेको म सबै खोज्छु, यस्ता पार्क संरक्षण गर्नुपर्छ, यो धराने जनताको सम्पत्ति हो, सार्वजनिक जग्गा, पार्क सबै जनताको हो, र संरक्षण गर्ने दायित्व, जिम्मेवारी पनि सबैको हो पार्कको जग्गामा को व्यक्तिहरुले पिलर गाडेर कब्जा जमाउन खोजेको हो भनेर तत्काल खोजी गर्ने बताए।

व्यक्तिहरुले जग्गा धनीपुर्जासहित आएपछि वडा नं १७ को कार्यालय, नापीका अमिनले जग्गा नापजाँच गरेको र जग्गाधनीहरुले नै पिलर गाडेको ६ महिना अगाडि पार्कभित्रको जग्गामा नापजाँच भएको हो । आफुहरु सानै हुँदादेखि उक्त क्षेत्रमा सप्तरंगी पार्क देखेको भएपनि जग्गा धनीपुर्जासहित व्यक्तिहरु आएकोले नापजाँच रोक्न नसकेको वडा नं १७ का वडा सदस्य मनिष बिष्टले बताए ।

उनले यसबारेमा मेयर राईलाई पनि जानकारी दिएको र जग्गाधनी भनिएका व्यक्तिहरुले निवेदनसहितको फाइल पनि उपमहानगरपालिकामा पुर्‍याइसकेको जानकारी दिए । उनले पनि उक्त क्षेत्र सप्तरंगी पार्कभित्रकै भएकोले व्यक्तिको नाममा भएपनि उनीहरुलाई केही क्षतिपूर्ति दिएर भएपनि लिनुपर्ने बताए ।

जग्गा नापजाँच गर्न आउनेहरुले २० बर्षअघि तिर जग्गा किनेको जानकारी आफुहरुलाई दिएको बिष्टले बताए । ‘त्यतिबेला पश्चिम उत्तर डाँडापट्टी घेराबारा थिएन । त्यो डाँडामाथिको जग्गा हो भनेर बेचेछन्, तर जग्गा पार्कभित्र थिएछ,’ विष्टले भने ।

बाढी पस्नुअघि व्यक्तिको जग्गा भएकोले सप्तरंगी पार्कको जग्गाहरु अहिले पनि व्यक्तिकै नाममा भएको अनुमान गरिएको छ । वडा सदस्य विष्टका अनुसार विभिन्न व्यक्तिहरुले १० कट्टा हाराहारीमा जग्गा दाबी गरेका छन् ।

पुर्वनगरप्रमुख ध्यानबहादुर राईले सर्दु खोलाको बाढी पसेर बगर बनेको क्षेत्रलाई सप्तरंगी पार्कको रुपमा विकास गरेका थिए ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।