कोले न्युज: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दक्षिणी जङ्गल तर्फको गेटमा डोजर लगाएर भत्काए पछि हिजो २ जना पकाउ परेको थियो।
गेट भत्काएको आरोपमा डोजरको अपरेटर र मालिक २ जनालाई प्रहरीले पक्राउ गरेर डोजरलाई नियन्त्रणमा लिएको थियो। मुद्वा चलाउने प्रकृया अगाडि बढाउन लागे पछि पक्राउ परेको लाई रिहाई गर्नु पर्ने माग राखी धरान १९ का स्थानियवासी ईलाका प्रहरी कार्यलय धरान पुगे पछि स्थीती तनावग्रस बनेको थियो। भिड नियन्त्रण गर्ने क्रममा प्रहरी र स्थानीय बिच झडप भएको थियो ।
नेकपा माओवादी केन्द्र १९ नम्बर कमिटीको अगुवाइमा शनिवार दिउँसो गेट भत्काइएको भन्ने जानकारी आएको छ। नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत उक्त दक्षिणी गेट बाट आवातजावत खुल्ला गर्नुपर्ने माग गत भदौ देखि राख्दै आएको थियो।