Roamwings.com

https://www.facebook.com/roamwingstravel/

स्वास्थ्य/जिवनशैली

भोइस अफ युथद्वारा क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम

कोले न्युज: भोइस अफ युथ बिजयपुरले शुक्रवार एक दिवसिय क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

केन्द्रिय प्रबिधि क्याम्पस हात्तिसरको सभा हलमा बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठनका क्यान्सर रोग विशेषज्ञ डा.सोनिया दुलालले बिशेष गरि महिलाहरुमा हुने पाठेघरको क्यान्सरका लक्षण र रोकथामबारे युवाहरुलाई सचेतनामुलक जानकारी दिनुभयो। क्यान्सरको जीवाणु लाग्नु अगाडि नै एच पि भि भ्याक्सिन लगाएमा क्यान्सरबाट बच्न सकिने डा.दुलालले जानकारी दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेस सभाका साम्सद यसोदा कायस्थले आगामी दिनमा क्यान्सर सम्बन्धि समस्यालाई प्रदेस सभामा ससक्त रुपले कुरा उठाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

धरान उप-महानगरपालिका वडा नम्बद १४ का अध्यक्ष कृष्ण प्रसाद भट्टराईले स्वास्थ्य सम्बन्धि यस्ता सचेतनामुलक कार्यक्रम आवस्यक भएकाले आगामी दिनमा वडाको तर्फबाट सकेको सहयोग हुने बताउनु भयो।

जबसम्म हामी स्वस्थ रहदैनौ तब सम्म हामीले गर्ने कामहरु स्वस्थ रुपले सन्चालन हुन नसक्ने भएकाले भोइस अफ युथले क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम गरेको अध्यक्ष सुरेन्द्र घिमिरेले बताउनु भयो।

कार्यक्रममा बाल सन्जाल धरानका पुर्ब अध्यक्ष एनिस रेग्मी, दन्तकाली मा.बि. का विद्यार्थी, शिक्षक, हात्तिसार क्याम्पसका विद्यार्थी लगायत युवाहरु सहभागी थिए।
युथका उपाध्यक्ष प्रतीक ओझाले स्वागत मन्तब्य राखेको थियो भने कार्यक्रम सन्चालन सचिव सुधाकर पोख्रेलले गरेको थियो।

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका