Roamwings.com

https://www.facebook.com/roamwingstravel/

धरान विशेष

स्वतन्त्र दिदीबहिनीहरुले बनाए एसडिबी रोज गार्डेन, मेयर हर्क साम्पाङद्वारा उद्वाटन

कोले न्युज: धरानका स्वतन्त्र महिला दिदीबहिनीहरुले श्रमदानबाट निर्माण गरेको एसडिबि रोज गार्डेनको बुधबार एक कार्यक्रमबीच उद्घाटन भएको छ ।

प्रणय दिवसको अवसर पारेर मेयर हर्क साम्पाङले श्रीमती संगै गार्डेनको बीचमा स्थापना गरिएको वाटर फाउण्टेनबाट पानी छोडेर उद्घाटन गरेका थिए । गार्डेनमा नै स्थापना गरिएको थुङ्से बोकेको दिदी र झोला बोकेको बहिनीको र रोजको प्रतिमाको अनावरण मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्र बिक्रम बेघा र गार्डेन निर्माण समित अध्यक्ष गंगा लिम्बुले संयुक्तरुपमा गरेका थिए।

मेयर साम्पाङले परिकल्पना गरेको रोज गार्डेन स्वतन्त्र दिदी बहिनी समुह गठन गरेर निर्माणको जिम्मा दिएका थिए । धरानका महिला दिदीबहिनीहरुले श्रमदान र आर्थिक संकलन, आर्थिक सहयोग गरेर २ महिनामा निर्माण कार्य सम्पन्न गरेर उद्वघाटन संगै स्थानीय सरकारलाई हस्तान्तरण को घोषणा गरेको थियो। उक्त गार्डेनको डिजाईन राम प्रसाद राईले गरेको थिए।

बुधबार ४ बजे उद्वाटन भएको कार्यक्रममा हजारौं धरानबासी तथा धरानबाहिरबाट सहभागी भएका थिए।मेयर साम्पाङले गार्डेन उद्घाटन कार्यम्रममा बोल्दै चुलाचौकामा सिमित रहेको महिला दिदीबहिनीहरुलाई सक्रिय बनाउन गार्डेन निर्माणको जिम्मेवारी दिएको र सतप्रतिशत उर्तीण भएको बताए । उनले महिलाहरु अब राजनैतिकरुपमा पनि नेतृत्वमाम आउन आवश्यक भएको भएको उनले बताए।

निर्माण समितिकी कोषाध्यक्ष विष्णु लिम्बुका अनुसार गार्डेन निर्माण गर्न देशविदेशबाट दाताहरुले २६ लाख ३० हजार सहयोग प्राप्त र स्वतन्त्र दिदीबहिनीहरुले प्रतिमा बनाउन ४ लाख ४५ हजार संकलन गरेका थिए । गार्डेन निर्माणको क्रममा कुल ३१ लाख १९ हजार संकलन भएको र ३० लाख ४४ हजार खर्च भएको र ७५ हजार २३ रुपैया वचत भएको पनि उनले जानकारी दिइन् ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।