Roamwings.com

https://www.facebook.com/roamwingstravel/

धरान विशेष

सप्तकोशीको पानी आउने र नाष्टको कार्यलय खुल्ने मन्त्री अशोक राईले बताएपछि हर्क साम्पाङ खुशी

कोले न्युज: विज्ञान, शिक्षा तथा प्रविधि मन्त्री अशोककुमार राईले धरानको खानेपानी समस्या समाधान गर्न सप्तकोशीबाट पानी ल्याउने योजनाको सर्भेक्षण कार्य सकिएको बताएका छन् ।

आज आईताबार केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित धरानमा विशिष्टिकृत अनुसन्धान केन्द्र स्थापना गर्ने विषयक कार्यशाला उद्घाटनमा मन्त्री राईले सर्भे रिपोर्ट खानेपानी मन्त्रालयमा पुगेको उल्लेख गर्दै भने, ‘योजनाको लागि ५ अर्ब रुपया लाग्ने अनुमान गरिएको छ, रकम आर्थिक वर्ष २०८१/०८२ को बजेटमा विनियोजन हुनेछ ।’

उनका अनुसार विशेषज्ञहरूले खानेपानीको उक्त योजनामा हुने लगानी १० वर्ष भित्रमा उठिसक्ने बताएका छन् । योजना निर्माण पुरा हुन ३ वर्ष सम्म लाग्नेछ । कोशीबाट ल्याइएको पानी धरानका उपभोक्ताका घरको ओभरहेड टङ्कीमा सहजै चढ्ने बताइएको छ ।

खानेपानी मन्त्रालयले योजनालाई तीव्रता पूर्वक अघि बढाएको बताउँदै मन्त्री अशोक राईले सप्तकोशी नदीबाट लिफ्टिङ सिस्टमबाट पानी ल्याउन लागिएको बताए । उनले भने, ‘कोशी नदीबाट पानी तानेर विष्णुपादुकाको डाँडामा ल्याइने छ ।’

त्यहाँ रिजभ्र्वायर ट्रयांकीका लागि जग्गा खरिद गरिने बताउँदै उक्त रिजभ्र्वायरबाट धरानका विभिन्न ट्याङ्कीमा पानी खसाई सर्वसाधारणलाई वितरण गरिने छ । मन्त्री राईले खानेपानी योजनाको प्रस्तावित कार्यहरूका बारेमा धरानका मेयर हर्क साम्पाङलाई सबै कुराको जानकारी भएको बताउँदै भने, ‘मेयर साबले भन्नु भएको छ, छैन, मैले भनिदिएँ ।’

यो क्षेत्र कृषिको प्राथमिकतामा पर्ने भएको बताउँदै प्रशोधन र बजारीकरणको क्षेत्रमा आवश्यक प्रविधि र प्राविधिकको विषयमा नाष्ट केन्द्रित हुनुपर्ने कुरामा ध्यानाकर्षण गराए ।

खाद्य प्रविधिमा पढाई गर्नेहरू अहिले आफ्नो योग्यता र अनुभव विदेशमा गएर प्रयोग गरिरहेको आफू विदेश भ्रमणमा जाँदा थाहा भएको बताउँदै मन्त्री राईले त्यस्तो ज्ञान स्वदेशमै उपयोग गर्नका लागि उपयुक्त वातावरण बनाउन नाष्टले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे ।

मेयर हर्क साम्पाङले अहिले केन्द्र सरकारले माया गर्न थालेको हो कि भन्ने लागेको छ, नाष्टको प्रदेश कार्यालय धरानमा दिनुभयो अब छिट्टै राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्छु,’मेयर साम्पाङले भने,‘फोटो सधैको लागि हटाएको होइन, विकासको फोकस धरानलाई गर्नुपर्छ भन्ने मेरो अडान हो, आन्दोलन हो धरानमा विकास नहुने ? कार्यालयहरु पनि धरानबाट अन्यत्र लैजाने ? अहिले केन्द्र सरकारले माया गर्न थालेको हो कि जस्तो महसुस भएको बताए ।’

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।