Roamwings.com

https://www.facebook.com/roamwingstravel/

धरान विशेष

पुरानो पुस्ताले नुन बोक्न प्रयोग गरिएको धरान–साँगुरीगढी पदमार्ग विस्तारको तयारी

कोले न्युज: धरानबाट धनकुटाको साँगुरीगढी सम्मको ऐतिहासिक पैदल बाटोको रुपमा रहेको धरान फुर्सेदेखि धनकुटाको साँगुरीगढीसम्मको बाटोलाई पदमार्गरुपमा विकास गर्न बजेट छुटिएको छ ।

पुरानो पुस्ताले धरानबाट धनकुटा हुँदै तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ्ग सम्म नुन बोक्न प्रयोग गरिएको बाटोलाई पदमार्गका रुपमा विकास गर्ने भएको हो। धरानमा पर्यटक भित्रयाउन नगरपालिका को उदेश्य रहेको छ।

ऐतिहासिक महत्व बोकेको यस पदमार्गलाई व्यवस्थित गर्न
अघिल्लो वर्ष धरान–१३ स्थित आरा धरानदेखि सर्दु खोला पारीसम्म पदमार्ग निर्माण गरिएको थियो ।

अघिल्लो आर्थिक वर्षमा कुल ९७ लाख बजेट आएको र बजेटको ४० प्रतिशतले पदमार्ग निर्माण गरिएको थियो ।
२८ लाख ५१ हजार ८ सय र २० प्रतिशत श्रमदानमार्फत् सो पदमार्ग बनेको थियो । सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाईबाट बजेट आएको हो ।

राष्ट्र एकीकरणताका पृथ्वीनारायण शाहका सेनाहरुले प्रयोग गरेको धरानदेखि साँगुरीगढीसम्मको बाटोलाई पदमार्गका रुपमा प्रयोग गरेको र युद्धमा पराजित हुन नसकेका लिम्बू राजाहरुसँग तत्कालीन शाह राजाले अरुण पूर्व लिम्बुवान भूमिलाई वि.स. १९३१ साउन २२ गते सम्झौता गरी नेपालमा विलय गरेको इतिहास छ।

५० लाख रुपैयाँ खातामा आइसकेको छ, स्टिमेट बनाउने टेण्डर लगाउनको लागि कार्य भइरहेको छ। ४२ लाख पनि आउने सम्भावना रहेको र ९२ लाखमा सो पदमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको धरान उपमहानगरपालिकाको योजना रहेको छ।

धरान धनकुटा पदमार्ग पर्यटकीयस्थल भेडेटारबाट २.३ किलोमिटर पश्चिमतर्फ पर्छ भने धरानदेखि करिब साढे ६ किलोमिटरको दुरी रहेको छ । पैदल यात्रा गर्दा २ घण्टा बढीको समय लाग्ने प्राकृतिकरूपमा वन–जंगलका साथै पहाडी तथा तराई क्षेत्रको समेत दृश्य अवलोकन गर्न सकिने भएकाले यसले पर्यटक आकर्षण बढने विश्वास लिएको छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।