कोले न्युज: विद्मार्थी संगठनहरुले मंगलबार केन्द्रीय प्रविधि क्याम्पस हात्तिसरमा वृद्धि गरिएको शुल्क घटाउन माग गर्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् ।
क्याम्पसमा टाँसिएको विज्ञप्तिमा वृद्धि गरिएको शुल्क घटाउन पटकपटक माग गरी वार्ता गर्दा समेत नघटाएकाले अनिश्चित कालिन तालाबन्दी गरिएको उल्लेख छ ।
विज्ञप्तिमा विद्यार्थी सङ्गठनहरूको नाम तथा हस्ताक्षर मात्र उल्लेख छ। तालाबन्दी गर्ने सङ्गठनहरू अनेरास्ववियु, नेविसंघ, अखिल (क्रान्तिकारी), अनेरावियु (क्रान्तिकारी) लगायत विषयगत सङ्गठनहरूको नाम उल्लेख छ ।