Roamwings.com

https://www.facebook.com/roamwingstravel/

कला/मनोरञ्जन

पुस २७ गते नेवारी लोकनृत्य, बाँसुरी वादन र धिमेबजा प्रतियोगिता धरानमा हुने

कोले न्युज: पुस २७ गते नेवा: सांस्कृतिक मञ्चको आयोजनामा धरानमा नेवारी लोकनृत्य, बाँसुरी वादन र धिमेबजा प्रतियोगिता आयोजना हुने भएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा नेवा: देय दबूँ अध्यक्ष मनोहर शाक्यले धिमे बाजालाई प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरिने बताए । उनले भने ‘अब हरेक नेवार समुदायको घर-घरमा हुने शुभ कार्यहरूमा बजाइने ब्याण्ड बाजा तथा नौमती बाजाको सट्टा आफ्नै धिमेबाजा बजाउन सन्देश दिन पनि प्रतियोगिता गर्न लागिएको हो ।’

प्रतियोगितामा १५० जनाले नृत्यले प्रस्तुत गर्नेछन् । प्रतियोगीतालाई रोमाञ्चक बनाउन गाईघाटबाट पनि सहभागी आउने बताइएको छ । लोकनृत्य प्रतियोगिता धे धे बल्ला १९ वर्ष अगाडि देखि सुरु भएको अध्यक्ष ममता टमोटले बताइन् ।

धिमेबाजा, बाँसुरी वादन, लोक नृत्य दुई वर्ष अघि देखी चौक चौकमा प्रदर्शन गर्ने चलन रहेको उनले बताइन् । मुख्य आकर्षण ५ हजार वर्ष पुराना नेवार जातिको मौलिक चर्या नृत्य प्रदर्शन रहने बताइएको छ । चर्या देवी देवताको नृत्य मानिन्छ । प्रतियोगिताले धरानको जातीय सांस्कृतिक विविधता प्रचार प्रसार गरी धरानको पर्यटन विकासलाई प्रवर्द्धन गर्ने विश्वास गरिएको छ ।

छुटाउनुभयो कि ?

कला/मनोरञ्जन सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
कला/मनोरञ्जन

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता