Roamwings.com

https://www.facebook.com/roamwingstravel/

स्वास्थ्य/जिवनशैली

सम्झौता अनुसार अन्तर्वार्ता नभए भन्दै विपिका चिकित्सकहरु फेरि आन्दोलनमा

कोले न्युज: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरु गत कार्तिक २० गतेको सहमति अनुसार प्रमोसनको अन्तर्वार्ता सुचारू नभए पछि शिक्षक चिकित्सकहरु पुनः आन्दोलित भएका छन।

शिक्षक कल्याण समाजको अगुवाइमा मंगलबार बिहान ८ बजेदेखि १० बजेसम्म उपकुलपति कार्यालय अगाडी घेराउ गरेका छन्। समाजका अध्यक्ष डा.सेराज अहमद खानले मागको सुनाई नगरे बुधवार पनि घेराउ गर्ने जानकारी दिए ।

अन्तर्वार्ताको तालिका ४८ घण्टा भित्र प्रकाशित नभए पुष २६ गतेदेखि विगतमा स्थगित पठनपाठन र परिक्षाका बहिष्कार लगायत पुर्ववत आन्दोलन अनुसार जिम्मेवारी बहिस्कार गर्ने पनि समाजले जनाएको छ । पुष २८ गतेसम्म तालिका प्रकशन नभए २९ गतेदेखि ईमर्जेन्सी, आईसियु, एनआईसियुबाहेक सम्पुर्ण सेवाहरु बहिस्कार गर्ने समाजले घोषणा गरेको छ ।

यसअघि कार्तिक २० गते व्यवस्थापनसङ्ग भएको सम्झौता वमोजिम पुस २ गते सुरु गरि १५ गतेसम्म आवश्यक प्रक्रिया पूरा गरेर लोक सेवा आयोग र स्वास्थ मन्त्रीको सहमति लिइ बाकी रहेको अन्तर्वार्ता सकाउने सहमति भएको थियो ।

हाल लोक सेवा आयोग र स्वास्थ्य मन्त्रीले अनुमति दिए पनि अन्तर्वार्ता सुचारु नभएको समाजको भनाइ छ । पुस १९ गते स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत धरान आएर विपि कोईराला विज्ञान प्रतिष्ठानमा रहेको समस्या समधान गर्ने वचन दिएका थिए।

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका