Roamwings.com

https://www.facebook.com/roamwingstravel/

कला/मनोरञ्जन समाज

यायोक्खा धरान- १५ ले उधौली पुजा र वाबू (चिन्डो) को प्रतिमा अनावरण

किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिती धरान १५ ले उधौली पुजा, साकेला प्रदर्शनी तथा वाबु ( चिन्डो)को प्रतिमा र कफि गार्डनको स्तम्ब अनावरण गरिएको छ ।

प्रकृतिक पुजक किरात राईहरुको उधौली साकेला, साकेन्वा, भुमे, यले सम्वत ५०८३ किरातीहरुको दोस्रो पर्व उधौलीको अवसरमा साकेला नाच प्रर्दशनी, कफि गार्डन स्तम्ब र वाबुको प्रतिमा अनावरण कार्यक्रम धरान उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष नरेश इवारमको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

आदिवासी जनजातीहरुको हक अधिकार लागि २०७२ को सबिधानले सुनिश्चित गरेको र स्थानीय सरकारले सम्पुर्ण धर्म जातीय समुदायहरुलाई वडाको बजेट्ले सम्बोधन गर्दै आईरहेको बताउदै आउने बजेट बनाउदा अझ समेटदै जाने प्रमुख अतिथी इवारामले बताए।

संघिय लोकतान्त्रीक गणतन्त्रको व्यवस्थाले नै आदिवासी जनजातीहरुले आफ्नो पर्व खुलेर मनाउन पाएको हो सामाजिक संजालमा युवा नयाँ पिढीलाई गणतन्त्र खराब हो भन्दै केही तत्वहरुले कुप्रचार गरेको बताउदै भ्रममा नपर्न युवाहरुलाई इवारामले आग्रह गरे।

संस्थाका सल्लाकार संविधान सभा सदस्य किरण कुमार राईले “पुर्खाहरुले जाडो बढेपछि उधो झर्ने उधौली गर्मी बढेपछी उभो जाने उभौली यो प्रकृति संगको हाम्रो सम्बन्ध वैज्ञानिक छ पुर्खाहरुले हाम्रो भेषभुषा, भाषा, लिपि निर्माण गरिदिएका छन संरक्षण गर्ने कर्तव्य हाम्रो हो केही कुराहरुलाई आजको सुचना प्रविधिको बिकास संगै परिमार्जन गर्दै अगाडि बढनु पर्ने भनाई व्यक्त गरेका छन”।

किरात राई यायोक्खाको लागि धरानका पुर्व मेयर स्वा. ध्यान बहादुर राईले गरेको योगदानलले नै आज किरात यायोक्खा यो अबस्थामा आएको बताउदै संस्थाका सल्लाकारको हैसियतले वडा अध्यक्ष संग हल सहितको पार्कको अबधारणाको योजना पेस गर्दा बजेट बिनियोजन गरि डिपियार तयार भै सकेको बताउदै वडा अध्यक्ष लाई राईले धन्यवाद व्यक्त गरेका छन।

स्वागत मन्तव्य राख्दै सस्थाका उपाध्यक्ष डाकमान राईले हल सहितको पार्क निर्माणका लागि वडाबाट बजेट बिनियोजन गरिदिएकोमा धन्यवाद दिदै किराँती संस्कृति झल्काउने विभिन्न प्रतिमा निर्माण गर्न आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग गर्ने संस्था व्यक्तिहरुलाई धन्यवाद व्यक्त गरेका थिए। संस्थाका अध्यक्ष मालाती राईले संस्थालाई आम्दानी मुखी बनाउन कफि खेती गरेको र यो बर्ष बाट आम्दानी उन्मुख रहेको बताउदै पार्क, प्रतिमा र घेराबाराको लागि बजेट बिनियोजन १५ न. वडा र प्रदेश सरकार बाट भएको जानकारी दिएकी छन। पार्क निर्माण गर्न १५ न. वडा बाट यो बर्ष ३ लाख प्राप्त भएको उक्त बजेट बाट पर्कको डिपियार तयार भएको र बाँकी बजेट वाबुको प्रतिमा निर्माणमा खर्च भएको छ। प्रदेश सरकार बाट २० लाख बजेट बिनियोजन भएको छ उक्त बजेटले संस्थाको मातहतमा रहेको जग्गा तार जालीद्वारा घेराबारा गरेको र बाटो निमार्ण भएको छ।

संस्थाले उत्पादन गरेको कफि अतिथीहरुलाई चखाएर कपि स्तम्ब र संस्थाका पुर्ब अध्यक्षहरु र वडाको आर्थिक सहयोग बाट निर्माण भएक वाबुको (चिन्डो) को प्रतिमा वडा अध्यक्ष नरेश इवाराम र संविधान सभा सदस्य किरण कुमार राई बाट अनावरण भएको थियो। किराँती संस्कृती झल्काउने ढोल, वाबू, कुखुराको भालेको प्रतिमा र फोटो खिच्ने स्टेन निर्माण भएको छ।

कार्यक्रममा संस्थाका पुर्ब अध्यक्षहरु, अग्रज व्यक्तित्वहरु, अतिथीहरु र सहयोगी दाताहरु लाई सम्मान गरिएको थियो। कलकारहरुबाट साकेला नाच प्रर्दशनी किराँती खानाका परिकार संस्थाले नै उत्पादन गरेको कफि कार्यक्रमका मुख्य आकर्षण रहेको थियो। कार्यक्रम संचालन सचिव प्रेम राईले गरेका थिए।

छुटाउनुभयो कि ?

कला/मनोरञ्जन सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
कला/मनोरञ्जन

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता