Roamwings.com

https://www.facebook.com/roamwingstravel/

महिला/बालबालिका राजनिती

कार्यपालिका सदस्यद्वारा महिला पत्रकारलाई हातपात, कारबाही गर्न माग गर्दै प्रहरीमा निवेदन

धरान उपमहानगरपालिकाको कार्यपालिका सदस्य विकास भाटीद्वारा पत्रकार रश्मि प्रधानको मोबाइल खोस्न हातपात गरेका छन् । प्रधान ‘कपुरी न्युज’ आबद्ध छिन भने उनी पत्रकार नेपाल पत्रकार महासङ्घ सुनसरीकी सचिवालय सदस्य समेत हुन ।

धरान उपमहानगरपालिकाले पब्लिक हाई स्कुल मैदानमा आयोजना हुने ‘धरान डे’ मेलाका लागि टेण्ट हाउले पण्डालको स्टल बनाउँदै छ । सोमवार दिउँसो ‘धरान डे’ स्थलको समाचार सङ्कलन गर्न पत्रकार प्रधान हाइस्कुल मैदान पुगेकी थिइन् ।

स्टलहरू बनाई रहेको ठाउँमा वादविवाद झगडा भइरहेको देखिएपछि पत्रकार प्रधान त्यहाँ के भएको भनी हेर्न पुगेकी थिइन् । त्यहाँ रहेका धरान उपमहानगरपालिका कार्यपालिका सदस्य विकाश भाटी गाली गलौजको भाषामा कसैसँग झगडा गरिरहेका थिए ।

त्यही बेला पत्रकार प्रधान त्यहाँ पुगेको विकास भाटीले देख्ने बित्तिकै ‘तैंले भिडियो खिचेको ?’ भन्दै एक्कासि हातपात गर्दै मोबाइल खोसेर अश्लील गाली गलौज गरेको पत्रकार प्रधानले बताइन । कार्यपालिकाको सदस्य जस्तो पदमा रहेका व्यक्तिको यस्तो व्यवहार अक्षम्य छ।

यस घटनाको भत्सना गर्दै नेपाल पत्रकार माहासंघ सुनसरीका सचिव ध्रुब ढकालले प्रेस विज्ञप्ती जारी गर्दै समचार बनाउने क्रममा पत्रकारलाई कुनै पनि सार्वजनिक पदधारी व्यक्ति वा सार्वजनिक निकायबाट सहयोग हुनुपर्ने व्यवस्था कानुनले निर्दिष्ट गरे पनि त्यसलाई बेवास्ता गर्दै कार्यपालिका सदस्य भाटीबाट प्रधानमाथि भएको सो हर्कत अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती भएको महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासंघ जिल्ला शाखाले घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याएर पत्रकारको संविधानप्रदत्त अधिकारको सम्मान गर्न ध्यानाकर्षण गराएको छ । प्रेस युनियन, प्रेस सेन्टरले विज्ञप्ती मार्फत कारबाहीको माग गरेको छ।

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) सुनसरीले विज्ञप्ति जारी गर्दै सदस्य प्रधानमाथि भएको हातपातको घटनाले संविधानले व्यवस्था गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् हुनुको साथै जनताले सूचना पाउने अधिकारबाट समेत बञ्चित हुन पुगेको उल्लेख गरेको छ । साथै पत्रकार महिलाहरु दिनदहाडै जनप्रतिनिधिबाट असुरक्षित रहेको समेत क्रियाशील पत्रकार महिला सुनसरीले ठहर गर्दै दुःख व्यक्त गरेको छ ।

हातपात गरि दुर्व्याबरमा परेकी महिला पत्रकार रश्मि प्रधानले कार्यपालिका सद्स्य बिकास भटी लगाएतलाई कारबाहीको माग गर्दै आज बिहान इलाका प्रहरी कार्यलय धरानमा निवेदन दीएकी छन।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद