Roamwings.com

https://www.facebook.com/roamwingstravel/

राजनिती

तमु ल्होसार २०८० को शुभकामना आदानप्रदान कार्यक्रम

धरानमा केही समय अगाडि जातीय सद्भाव विग्रेको अवस्थामा उक्त पार्टीले अहम भूमिका निर्वाह गरेको कारण सहज वातावरण बनेको प्रसंग उदृत गर्दै यहाँ रहेको सम्पूर्ण जातजातिमा सद्भाव कायम रहोस् भन्ने उदेश्यका साथ विगत केही दिनदेखि यहाँ रहेका सम्पूर्ण जातजातिको चार्ड पर्वलाई नेपाली काँग्रेस सुनसरी क्षेत्र न. १ ले शुभकामना आदानप्रदान कार्यक्रम राख्दै आएको जानकारी विहिबार तमु ल्होसार २०८० को शुभकामना आदानप्रदान कार्यक्रममा कार्यक्रम संयोजक एवं नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर १ का सभापति सुजेन्द्र गोलेले बताएका थिए ।

सोही शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि एवं प्रदेश नम्बर १ का आन्तारिक मामिला तथा कानून मन्त्री शमशेर राईले आफ्नो शुभकामना मन्तब्य दिने क्रममा नेपाली काँग्रेस सुनसरी क्षेत्र न. १ को यो कार्य एकदमै प्रशंसनीय रहनुको साथै सुनसरी १ न. क्षेत्रका काँग्रेसले सन्देश दिएको नेपाली काँग्रेस पार्टीले सबै जातीको भाषा संस्कृतिको संरक्षण गर्छ भन्ने बुझिन्छ कुनै पनि जातीको भाषा सँस्कृतको संरक्षण भएन भने त्यो जातीको पहिचान हराउँछ यो विषयमा कोशी प्रदेश सांसदमा मात्र नभएर संघीय सांसद सम्म बहस चलि रहेको छ त्यसको टुंगो एकदिन लाग्ने मन्त्री राईले आफ्नो थप भनाइ राखेका थिए।

 उक्त कार्यक्रममा नेपाली काँग्रेस भोजपुर जिल्ला सभापति एवं कोशी प्रदेशका साँसद बिनोद बान्तावा राई, नेपाली काँग्रेस सुनसरी जिल्ला सचिव माधव घिसिङ, महिला नेतृ मिना पुलामि, सुनसरी क्षेत्र नम्बर १ (क) का सभापति अनिल श्रेष्ठ , १( ख) सभापति मुरारी प्रसाद भट्टराई र तमु (गुरुङ ) सुनसरी जिल्ला संघ सभापति धिरज गुरुङ र नेपाली काँग्रेस धरान नगर सभापती श्याम पोखरेल समेतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रीय महासमिति सदस्य तथा काेशि प्रदेश सभा सदस्य माननीय ममता तामाङ,माननीय सुनिता गुरुङ , तमु संघका सदस्यहरू,प्रतिनिधि, जिल्ला कार्यसमितिका पदाधिकारीहरू,भातृ संगठनका नेता तथा कार्याकर्ता, लगाएतको बाक्लो सहभागीता रहेको थियो ।  उक्त कार्यक्रम सँचालन क्षेत्रीय सचिव महेन्द्र प्रधान र केशव पुरीले गरेका थिए ।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद