Roamwings.com

https://www.facebook.com/roamwingstravel/

आर्थिक

प्रधानमन्त्रीको निर्देशनमा विद्मुत लाईन काँटिएको बारे उवासंघ सुनसरी र उधोगीहरुद्वारा घोर आपत्ति

🖋लक्ष्मण थापा

हजारौ सर्वसाधारणलाई रोजगारी प्रदान गर्दै आएका निजी क्षेत्रद्वारा सञ्चालित उद्योगहरुको नेपाल विद्मुत प्राधिकरणले प्रधानमन्त्रीको निर्देशनमा विद्मुत लाइन काटेको विषयमा सुनसरी उद्योग वाणिज्य संघ र सम्बन्धित उद्योगहरुले आपत्ति जनाएका छन् ।

संघ र सम्बन्धित उद्योगी व्यवसायीहरुले लाइन काट्नु नीतिगत कुरा नभएको बताउदै अलिलम्ब लाइन जडान गरी उद्योग सञ्चलनमा सहजता प्रदान गर्न उनीहरुको माग सहित प्रेस विज्ञप्ति जारी गरेका छन ।

आज बुधबार सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा पत्रकार सम्मलेनको आयोजना गर्दै उद्योगको लाइन काटेको विषयमा आपत्ति जनाएका हुन् ।

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले कोभिडको महामारी पश्चात मुलुकको अर्थतन्त्र लयमा फर्कन नपाउँदै विश्वव्यापी आर्थिक मन्दी, व्याजदर बृद्धिका कारण नीजि क्षेत्र लगायत अर्थतन्त्रनै धरापमा परेको अवस्थामा खनारस्थित रिलायन्स स्पिनिङ मिल्स लि. लगायत देशभरका ठूला उद्योगहरुको विद्युत कटौतिको गलत निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन। अध्यक्ष श्रेष्ठले यदि कुनै उद्मोग व्यवसायीहरुले गैर कानुनी तवरबाट सम्झौता वमोजिम विद्मुत महसुल तिर्नु पर्ने रहेछ भने तिनिहरुलाई उच्च छानवीन समिति बनाएर जानू पर्ने हुन्छ । यसरी बिना आधारबिन उद्मोगीहरु बन्द गर्ने अवस्था आएमा उद्मोग वाणिज्य संघहरु सडक आन्दोलन उत्रने चेतावनी समेत दिए ।

पत्रकार सम्मेलनमा विस्तृत जानकारी दिदै डेडिकेटेड लाइन आफूहरुले प्रयोग नगरेको र प्रयोग नगरेको विल तिर्न उद्योग असमर्थ रहेको रिलायन्स स्पिनिङ्ग मिल्सका भ्वाईस पे्रसिडेन्ट महेश पोख्रेलले बताउनुभयो । उहाँले यस सम्बन्धि जिल्ला अदालतमा मुद्धा विचारधीन अवस्थामा रहेको बताउदै डेडिकेटलाइन आफूहरुले प्रयोग नै नगरेको दाबी गर्नुभयो ।

नेपाल विद्युत प्राधिकरणले डेडिकेट फिडर तथा टंकलाइनको विद्युत काटेर बक्यौता उठाउन प्रधानमन्त्रीले निर्देशन दिए लगत्तै शुक्रबार खनारस्थित रिलायन्स स्पिनिङ्ग मिल्स, सिमरास्थित जगदम्बा स्टिल, दाङस्थित घोराही सिमेन्ट, भैरहवास्थित अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटेको थियो । यसैगरी आइतबार सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, त्रिवेणी स्पिनिङ्ग मिल्स, अशोक स्टिल, सोनापुर मिनरल्स एण्ड आयल उद्योगको लाइन काटेको छ । विद्युत काटेपछि उद्योगमा कार्यरत हजारौ मजदुहरुले सडकमा उत्रिएर सरकार र प्राधिकरणका विरुद्ध प्रदर्शन गरेका छन् ।

सुनसरीको रिल्यान्सलाई मात्र हेर्ने हो भने पनि विद्युत प्राधिकरणले लाइन काटेपनि १ हजार ५ सय मजदुर वेरोजगार भएको उद्योगका भ्याइस प्रेसिडेन्ट पोख्रेलले जानकारी दिनुभयो । लोडसेडिङका समयमा पनि डेडिकेट लाइन प्रयोग नगरी नियमित लाइन प्रयोग गरेको उहाँको भनाई थियो । उद्योगले विद्युत प्रयोग गरेवापत प्राधिकरणलाई २ अर्ब भन्दा बढी रकम तिर्न बाकी रहेको जनाएको छ । सोही कार्यक्रममा सुनसरी उद्मोग वाणिाज्य संघ सुनसरीका सल्लाहकार कृष्ण अग्रवालले पनि यदि यस समस्यामा सरकारको बेलैमा ध्यानाकर्षण भएर समाधान नगरे हामी उद्मोगी व्यावसायिहरु आन्दोलनमा जाने बताए।

छुटाउनुभयो कि ?

आर्थिक महिला/बालबालिका

विलिभर्स स्कुलले अभिभावकलाई सिकायो अचार बनाउने सीप

धरानः धरान–५ स्थित डिपी विलिभर्स स्कुलका अभिभावकहरूको लागि एकदिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।स्कुलका प्राचार्य
आर्थिक

पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरि निगमले मूल्य घटाएको