Roamwings.com

https://www.facebook.com/roamwingstravel/

धरान विशेष

सुम्निमा-पारुहाङको प्रतिमा निर्माण गर्न हर्क साङपाङको अभियानमा कलकारहरुको आर्थिक सहयोग

धरान: सुम्निमा-पारुहाङको प्रतिमा धरान- २० चिन्डे डाँडामा निर्माण गर्ने नगर कार्यपालिकाबाट निर्णय भए संगै धरानका मेयर हर्क साम्पाङले चलाएको अभियानमा कलकारहरुले साथ दिने भएका छन।

पुस ९ गते काठमाडौंमा भएको छलफलमा अभिनेता दयाहाङ राई, विल्सनविक्रम राई, गायक राजेशपायल राईले १-१ लाख दिने घोषणा गरे। अन्य कलाकारहरुले पनि सहयोग गर्ने प्रतिबद्वता जनाए। छलफलमा दिप श्रेष्ठ, सम्भु राई, सत्यकला राई, शान्तिराम राई,एलिसा राई, अशोक मुकारुङ सहभागी रहेको थियो।

“सुम्निमा-पारुहाङको प्रतिमा स्थापनाले धरानको पर्यटनलाई मात्र नभएर नेपालको पर्यटनलाई पनि सघाउ पुग्ने, किराँती दर्शनलाई हामीले जसरी बुझेका छौं त्यसलाई हामीले देश बाहिर लैजाने अवसर पनि हो, पर्यटन र आस्थाको केन्द्र संगै आयास्रोत पनि हुनु पर्ने” भनाई कलकारहरुले साङपाङ संगको छलफलमा आ-आफ्नो धारणा राखे।

धरानका मेयर हर्क साङपाङले कलकारहरु संग भने “सरकारी बजेट बाट तत्कालै बन्न नसक्ने र कानुनी प्रकृया झमेला भएकोले समुदाय स्तर बाट्नै निर्माण गर्ने सोच छ देशबिदेसमा भएको नेपालीहरुको सहयोगमा बनाउने र अनुमानित बजेट २५ करोड लाग्ने” जानकारी गराए।

मेयर साम्पाङले कलाकारको साथ पाउँदा आफूले भाग्यमानी महसुस गरेको र सबै नेपालीलाई सहयोगको लागी अपिल पनि गरे।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।