नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नः १ सुनसरीको आयोजनामा ख्रीष्टमस र अग्रेजी नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।
पुस ८ गते उद्मोग वाणिज्य संघ धरानको सभाहलमा भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम नेपाली काँग्रेस प्रतिनिधीसभा निर्वाचन क्षेत्र न. १ सुनसरीका सभापती सुजेन्द्र गोलेको अध्यक्षतामा भएको थियो। सो कार्यक्रममा प्रमुख अतिथि नेबि संघका पुर्व केन्द्रीय सभापति तथा पार्टी केन्द्रीय सदस्य श्री राजिव ढ़ुङगाना, अतिथीहरु नेपाली काँग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापा, प्रदेश सांसद तथा महासमिति सदस्य ममता तामाङ्ग, जिल्ला सचिव माधव घिसिङ्ग, प्रदेश सभा १(१) सभापति अनिल श्रेष्ठ, पूर्व कोशी प्रदेश प्रमुख श्री गोविन्द तुम्बहाम्फे, पास्टरहरु प्रशु गुरुङ, कुबिर गुरुङ, रमेश राई विभिन्न चर्चका पस्टरहरु उपस्थीती रहेको थियो।
प्रमुख अतिथी राजिव ढुङगानाले शुभकामना व्यक्त गर्दै “काँग्रेस जहिले पनि सबै जात, धर्मलाई सम्मान गर्छ, संघिय लोकतान्त्रीक गणतन्त्रको सबिधानले धर्मनिरिपेक्ष घोषणा गरेकोले सबै धर्मलम्बीहरुले आ-आफ्नो धर्म अनुसारको चार्डपर्ब मनाउन पाउने” बताए।
शुभकामना व्यक्त गर्दै सुजेन्द्र गोलेले भने ” बहुभाषिक, बहुजाती, बहुधार्मिक भएको मुलुकमा सबिधानले सबै धर्मलाई स्वीकर गरेको छ, नेपाली काँग्रेसले दशै तिहार, छैठ, तिज, ख्रीष्टमस, उधौली उभौली, ल्होसार, ईद र चासोक तङनाम जस्ता पर्बको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएको जानकरी दिए।
उक्त कार्यक्रममा नेपाली काँग्रेस पार्टीका जिल्ला, क्षेत्र, नगर, वडा र शुभेक्षु संस्था भातृ संगठनहरुको प्रतिनिधि र धरानमा रहेका ९० वटा चर्चबाट प्रतिनिधीहरुको उपस्थीती रहेको थियो। विभिन्न मण्डलीहरुका कलकारहरुले मौलिक नृत्य प्रस्तुत गरेका थिए।