Roamwings.com

https://www.facebook.com/roamwingstravel/

समाज

मन्त्री सुदन किराँतीको अभिव्यक्ती गैरजिम्मेवार भएको भन्दै नेपाल सन्त समाजको आपत्ति

पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्री सुदन किराँतीले हालै दिएको अभिव्यक्ति ज्यादै गैरजिम्मेवार र वर्तमान संविधान विरुद्ध अभिव्यक्ति भएको भन्दै नेपाल सन्त समाजले आपत्ति जनाएको छ ।

समाजले आज बिहीबार वक्तव्य जारी गर्दै मन्त्री किराँतीको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो । मन्त्री किराँतीको अभिव्यक्ति ‘नेपाललाई जातीय, धार्मिक, द्वन्द्वमा फसाई आफ्नो साम्राज्य विस्तार गर्ने दुराशय साथ देशद्रोही विधर्मीहरूको भ्रम छर्ने प्रलोभनमा परेका केही स्वार्थी व्यक्तिहरूले बेलाबेलामा दिने अभिव्यक्तिसँग मिलेको’ आरोप वक्तव्यमा लगाएको छ ।

वक्तव्यमा भनिएको छ, ‘उनले बोलेको अनर्गल प्रलापप्रति नेपाल सन्त समाजको गम्भीर ध्यानाकर्षण भएको छ । वर्तमान संविधानको मर्मविरुद्ध सनातन माथि घृणा फैलाउने र धर्मान्तरका लागि दुरुत्साहित गर्ने अभिप्रायले गरिएको सनातन धार्मिक आस्था माथि गरिएको प्रहार हो र यो अक्षम्य अपराध पनि हो ।’

वक्तव्यमा सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती महाराज एवं महासचिव डा.गुरुप्रसाद सुवेदीको हस्ताक्षर छ ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले