Roamwings.com

https://www.facebook.com/roamwingstravel/

समाज

मङ्सिर ३० र पुष १ गते कोशी प्रदेशमा यातायात बन्दको आव्हान

प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले विभिन्न जिल्लामा पक्राउ गरिएका ३५ जना पहिचानवादी कार्यकर्ता, नेताको बिनाशर्त रिहाइको माग गर्दै मङ्सिर ३० देखी पुष १ गते सम्म कोशी प्रदेशमा यातायात बन्दको आव्हान गरेको छ ।
समितिले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै बन्दको आव्हान गरेको हो । विज्ञप्तिमा कोशी नाम खारेजीको माग सहित मङ्सिर २६ गतेदेखि मध्ये पहाडी मार्गमा विभिन्न चरणमा बन्दको आयोजना गरिएको उल्लेख गर्दै कार्यक्रममा सहभागी ३५ जना नेतालाई प्रहरीले पक्राउ गरेको उल्लेख छ ।


भनिएको छ ‘कार्यक्रममा निस्केका पूर्व संस्कृति मन्त्री गोपाल किराँती खोटाङबाट, मुख्यमन्त्री केदार कार्कीलाई कालो झण्डा देखाएको आरोपमा सङ्घर्ष समिति झापाका संयोजक पाण्डपलाल चौधरी झापा बिर्तामोडबाट, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, उदयपुर लगायतबाट ३५ जना नेताहरूलाई पक्राउ गरिएको छ ।’


कोशी नाम खारेजी र पहिचानको आधारमा पुन नामाङ्कन सहित १० महिनादेखि चलिरहेको आन्दोलनको माग वार्ता, संवादको माध्यमबाट कमभन्दा कम क्षतिमा कोशी खारेजी र पुन नामाङ्कन होस भन्ने रहेको उल्लेख छ ।


वक्तव्यमा भनिएको छ ‘पक्राउ परेका नेताहरूलाई निसर्त छोड्ने भनिएता पनि तीन दिन बितिसक्दा छाड्नुको सट्टा झुटो मुद्दाहरू लगाउने, धनकुटामा अपराधी झैँ हतकडी लगाएर अमानवीय तरिकाले गिरफ्तार गर्ने, वार्ताको माध्यमबाट समस्या समाधान गर्न छाडेर गृह प्रशासन तथा सरकार थप दमनमा उत्रिएको कारणले बाध्य भएर यही मङ्सिर ३० गते देखि पुस १ गते सम्म प्रदेश नंं. १ भर यातायात बन्द घोषणा गर्न बाध्य भएका छौ ।’

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले