Roamwings.com

https://www.facebook.com/roamwingstravel/

समाज

लिम्बू थरगत संस्था याक्थुङ सयङको दोस्रो भेला सुरु

लिम्बू थरगत संस्था ( याक्थुङ सयङ) को भूमि अधिकार सम्बन्धि दोस्रो भेला तथा वैठक उद्घाटन भएको छ ।

आज शनिबार धरान उपमहानगर वाड – १५ स्थित किराँत याक्थुङ चुम्लुङको सभाहलमा लिम्बु थरगत संस्था मुल अभियान समिती तथा  सहजिकरण समुहको आयोजनामा लिम्बुहरुको थरगत संस्था (याक्थुङ सयङ)हरुको भुमि अधिकार सम्बन्धि दोस्रो भेला तथा बैठक पहिलो दिनको उदघाटन कार्यक्रम भएको छ । 

उक्त कार्यक्रममा लिम्बूहरुको थरगत संस्थाको जानकारी र लिम्बुहरुलाइ संगठित गर्ने उदेश्यले उक्त भेला कार्यक्रमको आयोजना गरिएको जानकारी कार्यक्रमको अध्यक्ष एवं संयोजक नन्द कन्दङवाले दिएका छन ।
उक्त भेलामा लिम्बुहरुको थर गणना सम्बन्धि आफ्- आफ्नो प्रतिवेदन पेश गर्ने तयारीको लागि गृहकार्य हुने जस अन्तर्गत लिम्बू थर नेपालमा ३ सय थर भएकोमा हालसम्म १सय भन्दा बढिले थर आयोजकलाई बुझाई सकेको बाँकि भोलि बिहान आफ्नो थर आयोजकलाई बुझाई सक्नुको साथै भोलिसम्म मुूल अभिया समिति गठन सहजिकरण समूह पुनर्गठन हुने समेतको जानकारी आयोजकले दिएका छन ।

उक्त कार्यक्रममा प्रमुख अतिथिहरु मा २०१३ सालको लिम्बूहरुको प्रतिनिधि सदस्य प्रेम भक्त खेवा, २०२५ सालमा छकलिटार तेह्रथुममा भेलको प्रतिनिधि शेर बहादुर ईङनाम, पुर्व राष्ट्रिय पंचायत सदस्य ललित सोदेम्बाको उपस्थित रहेको थियो भने अन्य विशेष अतिथिहरुमा किराँत याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम यक्तेन, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङवा, किराँत याक्थुङ चुम्लुङ सुनसरीका अध्यक्ष मोहन हुक्पाचोङवाङ जसपाका केन्द्रीय सदस्य दुर्गा माया वनेम लगायत ताप्लेजुङ , पाँचथर तेह्रथुम , धनकुटा , मोरङ र सुनसरीका प्रतिनिधिहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

लिम्बु थरको संस्थागत जानकारीको लागि यो अभियान चलाएको भनिए पनि सभा बाहिर ब्यानरमा “हाम्रो ऎतिहासिक भौगोलिक भुमिमा हाम्रै स्वशासन र स्वायत्तता कायम गरौ उपनिवेशिक कोशी नाम अस्विकार गरौ”भन्ने लेखिएको थियो।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले