Roamwings.com

https://www.facebook.com/roamwingstravel/

धरान विशेष

फेरि बिउँझियो धरानको एयरपोर्ट चर्चा: नागरिक उड्यान प्राधिकरणको अध्यान टोली धरानमा

धरानमा हरेक चुनावमा मात्र चर्चा हुने एयरपोर्टको स्थलगत अध्ययन गर्न नागरिक उड्यान प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोली बुधवार धरान आईपुगेका छन।

प्राधिकरणका प्रबन्धक एवं इञ्जिनियर नलबिक्रम थापाको संयोजकत्वमा गठित टोली बुधबार धरान आएको हो । टोलीमा रहेका सदस्यहरु वरिष्ठ कानुन अधिकृत विमल खनाल र सि.ए.(चाटर्ड एकाउन्टेन्ट) अनिल बस्नेत पनि स्थलगत अध्ययनको लागि आएका छन् । मेयर हर्क साम्पाङसँग भेट गरेर विगतमा भएको अध्ययन प्रतिवेदनको बारेमा छलफल भएको थियो । उक्त टोली आज एयरपोर्ट निर्माणको प्रस्ताव गरिएको धरान १७ स्थित डाँडाघोपा अबलोकन गर्ने जानकारी दिएको छ।

एयरपोर्ट बनाउने सम्झौतामा यति इन्कर्पोरेटेड प्रालिले खरीद गरेको जग्गामा एयपोर्ट नबनेपछी किनबेच हुनथालेको नगरपालिकामा निवेदन आउन थालेपछी एयरपोर्टको चर्चा शुरु भएको थियो । यतिलाई जग्गा बिक्री गरेका जग्गाधनीहरुले लिखित सम्झौता वमोजिम जग्गा फिर्ता हुनुपर्ने माग गरेपछि मेयर साम्पाङले पटक पटक छलफल चलाएका थिए । पछिल्लो समय मेयर साम्पाङले दबाब बढाएपछि सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले प्राधिकरणलाई अध्ययन समिति गठन गर्न निर्देशन दिएका थिए। पुरानै प्रतिवेदन आधारमा सर्वे गर्ने अध्यान टोलीले जानकारी दिएको छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।