Roamwings.com

https://www.facebook.com/roamwingstravel/

राजनिती

मेयर हर्क साम्पाङलाई एजेन्डाहरू विधि पूर्वक, ऐन कानुन अनुसार आउनु पर्‍यो मात्र भनेका हौ – एमाले संसदीय दल

धरान उपमहानगरपालिका कार्यपालिकाको बैठकमा मेयर हर्क साम्पाङबाट प्रस्तुत एजेन्डाहरूमा नेकपा एमाले वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले राजनीति नगरेको पालिका संसदीय दलले आज शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जनाएको छ ।

प्रत्यक्ष प्रसारण गर्न अनुमति दिएको कार्यपालिका बैठकको निर्णय एमालेलेसमेत पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने नीति लिएको एमाले धरान संसदीय दलका नेता तथा धरान-१५ का वडाध्यक्ष नरेशकुमार इवारमले जानकारी दिए ।

एमालेले पत्रकार सम्मेलनमा निर्णयसहित पार्टीको धारणा सार्वजनिक गर्ने पहिलो पटक अभ्यास सुरु गरेको हो । आज एमाले पार्टी कार्यालयमा धरान कार्यपालिकाबाट अस्वीकृत निर्णयसहित सार्वजनिक गरेपछि सन्चारकर्मीले विषयबारे जिज्ञासा राखेका थिए ।

बराह बचत तथा ऋण सहकारी संस्थालाई संकटग्रस्त घोषणा गर्ने प्रस्तावलाई अस्विकृत गरिएको सन्दर्भमा जवाफ दिंदै नेता इवारमले नगरप्रमुख र स्थानीय तहले विधि, प्रक्रियाअनुसार अघि बढ्नु पर्ने बताए । उनले भने, ‘बराहलाई सङ्कटग्रस्त घोषणा गर्दा १८ हजार पीडित लगानीकर्ता र वचतकर्ताको भविष्य के हुने?’ नेता इवारमले पार्टीले राजनीति नगरेको भएर बृहत् छलफल बहस मार्फत अघि बढ्नुपर्ने बताए ।

कानुन मस्यौदा समिति निर्माण नगरी ऐन, कार्यविधि नबनेका कारणले पनि सहकारीप्रति विकराल अवस्था आएको इवारमले बताए । धरानमा ८० वटा बचत तथा ऋण सहकारी सङ्घ, प्रदेश र स्थानीय सरकारको मातहतमा छन् । तर नगरले सहकारीलाई नियमन गर्ने ठोस नीति निर्माण गर्न नसकेको एमालेको संसदीय दलको भनाइ छ ।
पालिका संसदीय दलका नेता वडा-१५ का अध्यक्ष नरेश इङवारमले भने ‘कार्यपालिकाको बैठकमा मेयरबाट प्रस्तुत एजेन्डाहरूमा नेकपा एमालेले राजनीति गरेको छैन ।’ केवल मेयर हर्क साम्पाङलाई एजेन्डाहरू विधि पूर्वक, ऐन कानुन अनुसार आउनु पर्‍यो भन्ने कुरामा मात्र जोड दिएको उनले बताए ।

गत कात्तिक ७ गते बसेको कार्यपालिका बैठकमा महत्त्वपूर्ण मानिएका ७ वटा एजेन्डाहरूमा छलफलै भएन । नेपाली काँग्रेसका वडाध्यक्षहरू र माओवादी संसदीय दलका नेता अनुपस्थित भएकाले उक्त एजेन्डाहरूमा छलफल स्थगित गरिएको थियो ।

नेता इङवारमले उक्त बैठकमा सहभागी हुने, नहुने बारेमा पार्टीमा छलफल भएपछि निर्देशन अनुसार सहभागी भएको बताए । बैठक बस्न नसकेको अवस्थामा एकल निर्णय, तोक आदेशबाट अझ त्रुटि दोहोरिँदै जाने सम्भावना भएकोले विधि, पद्धति अनुसार निर्णयहरू गर्न गराउन बैठकमा सहभागी भएको उनको भनाई थियो ।

उपमहानगरपालिकालाई विधि, पद्धतिको प्रक्रिया अनुसार अघि बढाउन विषयगत समितिहरू गठन नगरिएकाले कठिन भएको उनले बताए । समितिहरू गठन नहुँदा ऐनहरू नबनेकाले ऐन, कानुन अनुसार काम अघि नबढेको उनको भनाई छ ।

नेता इङवारमका अनुसार मेयर हर्क साम्पाङको उद्देश्य निर्देशिका बनाएर कार्यपालिकाको अधिकार खोसेर एकलौटी प्रयोग गर्ने अवैधानिक काम गर्ने रहेकोले पनि ऐन बनाउने समिति नै गठन गर्न नचाहेका बुझिन्छ । उनले कार्यपालिकामा मेयर साम्पाङले बढी राजनीति गरिरहेको बताए ।

मेयर साम्पाङले कार्यपालिकाबाट निर्णय नगराई बराह सहकारीलाई कारबाही गर्ने पत्राचार गरेको बताउँदै मन्त्रालयबाट कार्यपालिकाको निर्णय मागिएपछि मात्र बैठकको एजेण्डा बनाइएकोले स्थगन गरिएको बताए । उनले भने ‘मेयर सँग पूर्वाग्रह राखेर उक्त एजेण्डा स्थगन गरिएको होइन ।’

धरान-रामधुनी सडकको लागि मिक्स गिट्टी ठेकेदार लुम्बिनी गजुरमुखीलाई दिने एजेण्डा प्रक्रिया अनुसार नआएकोले स्थगन गरिएको हो । इङवारमले भने ‘मेयर तिलक राईको कार्यकालमा मदन भण्डारी राजमार्गको लागि सडक विभाग लगायतले गरेको लिखित पत्राचार कार्यपालिका बैठकमा प्रस्तुत गरिएको थियो ।’

पार्किङ शुल्कको एजेण्डा ठेक्का लगाउनु अघि कार्यपालिकामा निर्णय नगराइएको र ठेक्का दिएर उठाउन थालेपछि शुल्क दर संशोधन गर्न ल्याइकाले स्थगन गरिएको बताए । उनले भने ‘पार्किङ शुल्क बारेमा हामीले राजनीति गरेका छैनौँ तर, ऐन, नियम अनुसार नगरिएका कार्य अनुमोदन गर्न उचित ठानेनौँ ।’

पत्रकार सम्मेलनमा एमाले उपमहानगर अध्यक्ष हर्क एभेङले उपमहानगरपालिकामा हुने गतिविधिहरू धरानको विकास, निर्माण र धरानवासीको दैनिक जीवनसँग जोडिएकाले पालिका संसदीय दल र पार्टी कमिटी बिच छलफल भएर अघि बढ्ने नीति रहेको बताए ।

पत्रकारहरूको प्रश्नको जवाफमा प्रदेश सभा सदस्य विजय राईले नेकपा एमाले पहिचान विरोधी नभएको बताए । उनले प्रदेशका ‘कोशी’ नामकरण एमाले एक्लैले नगरेको बताउँदै त्यसमा माओवादी, नेपाली काँग्रेस, राप्रपाको पनि सहमति रहेको बताउँदै भने ‘संसदीय प्रक्रियाबाट नाम बदल्न सकिन्छ तर एमालेलाई कमजोर बनाउन पहिचानको नाममा राजनीति भइरहेको छ ।’

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद