Roamwings.com

https://www.facebook.com/roamwingstravel/

महिला/बालबालिका

देउसी भैलोको रकमबाट बिद्मार्थीलाई शैक्षिक सामाग्री वितरण

धरान- १५ नमुना श्रुर्तीमार्ग टोलमा रहेको गृह श्रमिक महिला ढाका लघु उद्ममी समाज नेपालले देउसी भैलो बाट जम्मा भएको रकम बालबालिकाका लागि खर्च गरेका छन।

देउसी भैलोमा संकलन भएको जम्मा रकम मध्ये सामुदायिक सुरक्षा जालोको कोषमा ५ हजार देउसी भैलोमा सहभागी बालकलाकारहरुलाई वनभोज लागि ८ हजार ५० रुपैयाँ र धरान ५ मा रहेको श्री निशानदेवी आधारभुत बिद्मालयमा अध्यनरत बिद्मार्थीहरुलाई शैक्षिक सामाग्री वितरणमा ६ हजार ४ सय २० रुपैयाँ खर्च गरिएको समाजकी अध्यक्ष प्रेमकुमारी राईले जानकारी दिएका छन।

मंसीर ८ गते समाजले बिद्मालय परिसरमा एक कार्यक्रम गरि बिद्मार्थीहरुलाई कपी डटपेन र पेन्सिल बितरण गरिएको थियो। उक्त कार्यक्रममा समाजका सद्स्यहरुको पनि उपस्थीती रहेको थियो। उक्त बिद्मालयका प्र.अ. लोकराज निरौलाले धन्यावाद दिदै अन्य संघ संस्थाहरुलाई समेत अनुरोध गरेका छन।

छुटाउनुभयो कि ?

आर्थिक महिला/बालबालिका

विलिभर्स स्कुलले अभिभावकलाई सिकायो अचार बनाउने सीप

धरानः धरान–५ स्थित डिपी विलिभर्स स्कुलका अभिभावकहरूको लागि एकदिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।स्कुलका प्राचार्य
महिला/बालबालिका

इटहरीमा ६८ बर्षीय महिलाको हत्या

सुनसरीको इटहरी उपमहानगरपालिका २ शान्तिनगर (राई टोल) कि मधुमाया पुरीको हत्या भएको छ । गोठमा काम गरिरहेको समयमा छिमेकी सन्तोष