Roamwings.com

https://www.facebook.com/roamwingstravel/

स्वास्थ्य/जिवनशैली

औषधी व्यावसायिहरु धरानमा भोट माग्दै

नेपाल औषधी व्यावसायि संघ सुनसरीको मंसिर १५ गते शुक्रबार ईटहरिमा हुने दोस्रो अधिवेशनका लागि उमेदवारी चयन गरी भोट माग्न थालेका छन।

सुनसरीमा औषधी व्यावसायिहरु धेरै संख्यामा भएता पनि हाल संगठित दर्ता भएको सदस्यहरु ३ सय २६ जना मात्र रहेको जानकारी औषधी व्यावसायी संघका एक सदस्यले जानकारी दिएका छन । बिगतमा भएका चुनावमा एक भन्दा बढि समुहका उमेदवारी बिच प्रतिस्प्रर्धा भएको थियो।ईटहरि स्थित एकता ड्रग हाऊसका सँचालक दिपेन्द्र कुमार साह अध्यक्ष रहेको प्यानल समूहले धरानका औषधी व्यावसायिहरुसँग भोट माग्दै हिडेका छन।

धरानमा अर्को समुह पनि आफ्ना उमेदवारी घोषणा गर्ने तयारीमा रहेता पनि आज दिपेन्द्र कुमार साहको प्यानलले घोषणा गरेको समुहले औषधि व्यवसाय संग भेटघाट गरेका छ्न। वरिष्ठ उपाध्यक्षमा मचेन लिम्बू , थोक तर्फबाट उपाध्यक्षमा शत्रुधन प्रसाद साह, खुद्रा तर्फबाट उपाध्यक्षमा ईन्द्र बहादुर श्रेष्ठ , महासचिवमा नवीन राज गौतम, कोषाध्यक्षमा सन्तोष कुमार सिंह , सह- कोषाध्यक्षमा अब्दुल मोजिब रहेका छन भने अन्य सदस्यहरुमा केदार पौडेल , पशुपति चौधरी , ऊमा दाहाल, सरोज चौलागाईं र धिरेन्द्र कुमार मण्डल रहेका छन ।

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका