Roamwings.com

https://www.facebook.com/roamwingstravel/

विचार

छैठ पुजा समाबेसी बन्दै

छैठ पर्व नेपालको तराई क्षेत्रमा मदेशी समुदायले मनाउदै आएता पनि विगत केही वर्षदेखि पहाडी समुदायका सम्पूर्ण जातिहरुले समावेशी पर्वको रुपमा मनाउन थालेका छन ।

यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । परम्परा अनुसार छैठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । यस पर्वमा मुस्लिम समुदायका व्यतक्तिअरुले पनि सहभागी हुन्छन र यो पर्व विधिवत रुपमा मनाउछन। पवित्र मनले छैठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।


छैठको पहिलो दिन आईतबार धरान- १५ स्थित सेऊति खोलाको बगरमा छैठपुजा व्यवस्थापन सम्बन्धी के कस्तो रहयो भन्ने जिज्ञासा राख्नेक्रममा सोही वडा नम्बर १५ का वडा सदस्य , कार्यपालिका सदस्य एवं सामाजिक विकास समितिका सदस्य समेत रहेकि सिर्जना नेपाल सुवेदी बताउछन छैठ पुजा लाई सम्पन्न गर्न केही दिन अगाडि धरान वडा नम्बर १५ को कार्यलयमा वडाका सम्पुर्ण टिएलओका प्रतिनिधि , स्थानीय राजनीतिक दल, विभिन्न सामाजिक संघसंस्थाहरुका प्रतिनिधिको बैठक बसेर समिति गठन गरि सोही समितिले ४५- ४५ जनाको स्वयंसेवक र परिर्वेक्षक बनाएर पार्किङको व्यवस्थापन गरेर भिडभाडलाई कम गराउन सहजिकरण गरेको बताईन ।

त्यसैगरी सोही छैठ पुजा व्यवस्थापन समितिका अर्का माओवादीका युवा नेता तथा परिर्वेक्षक प्रतिनिधि सुवास खवासले पनि गत वर्षको तुलनामा यो वर्ष भक्तजनहरु अत्यधिक बढेको बताउदै आजको यो पहिलो दिनको छैठपुजालाई शान्तिपूर्ण सौहार्द तवरले सम्पन्न गर्न आफू लगायत यहाँका स्थानीय युवा तथा संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मीहरुको राम्रो भुमिका रहेको बताए ।
सोही सेऊति खोला स्थित छैठ पुजा स्थलमा परिर्वेक्षकको रुपमै उपस्थित वडा नम्बर १६ का वडाध्यक्ष एवं नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर १ (२) का सभापति मुरारी प्रसाद भट्टराईले यहाँको छैठ पुजाको व्यवस्थापन सबै राम्रो देखिएको बताउदै उनले यो चार्ड सबै समुदायको उपस्थितमा मनाई रहेको देख्दा साच्चै नै नेपाल ४ जाँत छत्तीस वर्णको फुुलबारि रहेको यो दृश्यले प्रष्टयाउँछ यसमा म धेरै खुशी र आफू गौरवान्वित भएको महसुस भएको बताए । उक्त स्थलमा वडा नम्बर १५ का नेपाली काँग्रेस वडा सभापति डम्बर गुरुङ , नेकपा एमालेका केन्द्रीय सदस्य एवं धरानका पुर्व उपमेयर मञ्जु भण्डारी , एमाले नेता मुरारी सुवेदी समेतको सहभागीता रहेको छ ।

छुटाउनुभयो कि ?

विचार

गाँजा खेती खुलाउन संसदीय समितिमा सहमति,

२५ जेठ, काठमाडौं । शुक्रबार प्रतिनिधि सभाको कृषि समितिमा गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको आवश्यकता र महत्वमा द्विविधा राख्नु नपर्ने
विचार

मोरङका खोलामा पहिलो पटक भेटियो माछाको गैरदेशीय नयाँ प्रजाति, कसरी आइपुग्यो नेपाल?

धरान , मोरङको बेलबारी र धनपालथानमा माछाको एक गैरदेशीय प्रजाति फेला परेको छ ।दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने टेरिगोप्लिक्थिस डिसजन्किटिभस