Roamwings.com

https://www.facebook.com/roamwingstravel/

कला/मनोरञ्जन

धरानमा पहिलो पटक छैठ विशेष साँस्कृतिक कार्यक्रम हुदै

धरानमा पहिलो पटक छैठ विशेष सांस्कृतिक कार्यक्रममा भारत तथा स्थानीय भोजपुरी तथा मैथिली कलाकारहरुद्वारा साँस्कृतिक झाँकि एवं सांगीतिक प्रस्तुति हुने भएको छ।

धरानमा हरेक बर्ष ” छैठ पर्व ” लाई धुमधाम संग मनाइने गरिन्छ। यस वर्ष ” छैठ पर्व । लाई अझ विशेष बनाउन छैठको पुर्व सन्ध्यामा आज शुक्रबार साँझ धरानको पब्लिक हाईस्कुलको मैदानमा विभिन्न भोजपुरी तथा मैथिली कलाकारहरुको सांस्कृतिक तथा सांगीतिक प्रस्तुति सहितको छैठ विशेष सांस्कृतिक कार्यक्रम २०८० आयोजना हुन गई रहेको छ। ” छैठ पर्व ” प्रति आस्था राख्नुहुने लगायत सम्पूर्णलाई स्वास्थ्य मनोरंजन प्रदान गरिने उद्देश्य सहित ” छैठ विशेष सांस्कृतिक कार्यक्रम २०८० ” आयोजना गर्न लागिएको जानकारी उक्त सांगीतिक कार्यक्रम आयोजक धरान- १२ स्थित बुढा सुब्बा टेन्ट हाउसका सँचालक दिपक भगतले जानकारी दिएका छन । उनले उक्त छैठ विशेष कार्यक्रमको आयोजना धरानमा मात्र नभएर कोशी प्रदेशभरिमा यो पहिलो कार्यक्रम रहेको बताए ।

सोही कार्यक्रमका अर्का आयोजक सदस्य बब्लु कुमार साहले यो छैठ पर्व एउटा मधेसी समुदायको मात्र नभएर सम्पुर्ण नेपाली पहाडे समुदाय रहेको समाजमा साँस्कृतिक एकताको भावना वृद्धि गर्न समेत मदत पुगोस भन्ने उदेश्यका साथ धरानमा यो कार्यक्रम आयोजना गरेको बताए।

थप जानकारिम आजको कार्यक्रममा भारतको कलकत्ता र पटनाका कलाकारहरुको उपस्थिति रहने र स्थानीयमा राजविराज र जनकपुरबाट उपस्थित रहनुका साथै भोजपुरी स्टार सोनु कुमार, पंकज मतवाला भागवत मण्डल काजल मल्लिक लगायतको थुप्रै कलाकारहरुको विशेष प्रस्तुति संगै भोजपुरी तथा मैथिली कलाकारहरुको सांस्कृतिक नृत्य विशेष आकर्षणको सँगै मनोरंजनको बिशेष उत्सव हुने बताए ।

सांगीतिक कार्यक्रमका ईभेन्ट म्यानेजमेन्ट सिल्भर ईन्टरटेनमेन्ट गर्ने र उक्त कार्यक्रम परिसरभित्र लसुन प्याज विनाको शुद्ध शाहाकारी खानेकुराका स्टल रहने आयोजकले जानकारी दिएकस छन।

छुटाउनुभयो कि ?

कला/मनोरञ्जन सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
कला/मनोरञ्जन

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता