Roamwings.com

https://www.facebook.com/roamwingstravel/

धरान विशेष स्वास्थ्य/जिवनशैली

क्यान्सर पीडित सञ्चारकर्मीलाई फोटो पत्रकार महासङ्घको आर्थिक सहयोग

धरान: पेटको क्यान्सर बाट पीडित सञ्चारकर्मी सन्जिव कोयु राईलाई फोटो पत्रकार महासंघ सुनसरीले आर्थिक सहयोग गरेको छ। 

लामो समयदेखि पेटको क्यान्सरबाट पीडित धरानका सञ्चारकर्मी राईलाई नेपाल फोटो पत्रकार महासंघ सुनसरीले आज धरानमा एक कार्यक्रम गरी ४१ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । 

नेपाल फोटो पत्रकार महासंघ सुनसरीले २०७९ सालमा खेलेको देउसीभैलो कार्यक्रमबाट सङ्कलित १० हजार रुपैयाँ, नेपाल फोटो पत्रकार महासंघका पदाधिकारी, सल्लाहकार र डिपो स्कुलका स्टाफबाट सङ्कलित सहायता रकम हस्तान्तरण गरिएको हो । 

काठमाडौंमा उपचाररत सञ्चारकर्मी राईलाई नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईमार्फत् रकम प्रदान गरिएको अध्यक्ष विकास चाम्लिङ राईले जानकारी दिए ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।