Roamwings.com

https://www.facebook.com/roamwingstravel/

समाज

६ दशमलव ४ म्याग्निच्युटको भुकम्प केन्द्र बिन्दु जाजरकोट मृत्यु हुनेको संङख्या १२९ पुग्यो

कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भएर शुक्रवार राती गएको भूकम्पले जनधनको ठुलो क्षति पुर्‍याएको छ ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले स्थानीयबाट आज राती करिब १ बजे सम्म २६ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

आज शनिवार बिहान ४ बजेसम्म भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १२९ जना भन्दा बढी भएको जिल्ला प्रशासन तथा प्रहरीबाट प्राप्त भएको समाचारहरू आइरहेका छन् । मृत्यु हुनेका सङ्ख्या र भौतिक क्षतिको अनुमान तत्काल गर्न सकिएको छैन ।

भूकम्पमा जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ । घाइतेहरू जाजरकोट अस्पताल ल्याउने क्रम जारी छ । मा १०० जनाभन्दा बढीको उपचार भइरहेको पनि स्वास्थ्य कार्यकर्ताहरूले बताएका छन् ।

भूकम्पपछि गएको सुख्खा पहिरोले बाटो अवरुद्ध हुँदा घाइतेको उद्धार र उपचारका निम्ति अस्पताल ल्याउन कठिनाइ भएको स्थानीय प्रशासनले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटमा केन्द्रबिन्दु रहेको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प मापन गरिएको छ ।

जिल्ला प्रशासनले घाइतेहरूको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली परिचालन भएको जनाएको छ ।

भूकम्पको धक्का देशका विभिन्न भागहरू सहित काठमाण्डौमा समेत गरिएको थियो । भारतीय राजधानी नयाँ दिल्ली, पटना लगायतका सहरहरूमा अनुभव गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएको बिबिसीको समाचारमा उल्लेख छ ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले