Roamwings.com

https://www.facebook.com/roamwingstravel/

धरान विशेष स्वास्थ्य/जिवनशैली

विपि प्रतिष्ठानमा आऊने सेवाग्राहीहरु मारमा, साँढेको जुदाई बाँच्छाको मिचाई

दुई महिना अगाडिदेखि लगातार भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा कार्यरत शिक्षक तथा चिकित्सकको आन्दोलनका कारण प्रतिष्ठानको शैक्षिक गतिविधि र विरामीले हदै सम्मको सास्ती भोग्नु परेका विपि प्रतिष्ठानमा स्वास्थ्य सेवा लिन आऊने सेवाग्राहीहरुले पीडा पोख्ने गर्छन ।

रोकिएको बढुवा प्रक्रियालाई निरन्तरताको माग राख्दै दुई महिना भन्दा लामो समयदेखि निरन्तर चलेको शिक्षक कल्याण समाजको आन्दोलनका कारण प्रतिष्ठानको शैक्षिक गतिविधि र उपचारमा समस्या भएको छ । चेकजाँचमा संलगन चिकित्सक नै काम छोडेर निरन्तर आन्दोलनमा होमिएका कारण उपचार सेवासँगै अनिवार्य गर्नुपर्ने विभिन्न प्रकारका शल्यक्रिया समेत प्रभावित बनेको छ । विरामीहरु प्रतिष्ठान आउने र उपचार नभएपछि घर फर्किएर जानुपर्ने नियति भोग्दै आएका छन् ।
यसै कारण आगामी दिनहरुमा विरामीको चाप अत्यधिक हुने गर्थ्यो तर आज विहिबार प्रतिष्ठानमा विरामीको चाप समेत कम भएको देखिन्छ। । बढुवा प्रक्रियाको एक सुत्रीय माग राखेर संयुक्त राजीनामा बुझाएर दैनिक काम छोेडेर धर्नामा बसेका शिक्षक तथा चिकित्सकका कारण विभिन्न अन्तरंग तथा बहिरंगमा उपचारमा आएका विरामीसँगै शल्यक्रिया गर्नुपर्ने विरामीहरु सबैभन्दा मारमा परेका छन् । यसको सम्पूर्ण जिम्मेवारी आन्दोलनरत चिकित्सक र प्रतिष्ठानका पदाधिकारीहरुले लिनुपर्ने गुनासो उपचारमा परिवारलाई लिएर आउनु भएको धरान १५ श्री शिक्षा सदन माविका प्र०अ० अमर बस्नेत बताउनु हुन्छ ।
प्रतिष्ठानमा कोशी प्रदेश लगायत भारतबाट समेत विरामी उपचारमा आउने गरेका छन् । तर विरामीले पाएको समस्याका विषयमा आन्दोलनरत चिकित्सकहरुले आफ्नो कारणले भएको भनेर जिम्मा लिन चाहँदैनन् । ७ बर्षदेखि कार्यरत शिक्षक तथा चिकित्सकको बढुवा नहुनु र अहिले विरामीले सास्ती भोग्नु पर्ने मुख्य कारणको रुपमा प्रतिष्ठानका कामु उपकुलपति, अस्पताल निर्देशक, कुल सचिव, शिक्षाध्यक्षनै रहेको आन्दोलनरत शिक्षक तथा चिकित्सकहरुको आरोप छ । चारैजना पदाधिकारीबीच बेमेल भए पनि शिक्षक तथा चिकित्सकहरुको काँधमा बन्दुक राखेर व्यक्तिगत स्वार्थमा पदाधिकारीहरु लिप्त भएकैले अहिलेको अवस्था आउनुमा पदाधिकारीहरुनै दोषी भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान शिक्षक कल्याण समाजका उपाध्यक्ष एवं डाक्टर प्रदिप आचार्य बताउनु हुन्छ ।


केही दिन अगाडि प्रतिष्ठानका कार्यरत १ सय ७७ शिक्षक तथा चिकित्सकले प्रधान मन्त्री र स्वास्थ्यमन्त्रीलाई सामुहिक राजीना दिएका छन् । अहिलेपनि काम छोडेर आन्दोलनमा छन् जसका कारण उपचारमा आएका विरामी र प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरु मारमा परेका छन् । प्रतिष्ठानको समस्या समाधानमा सम्बन्धित पक्ष गम्भीर नभए पनि धरानका स्थानीय राजनीति दलका प्रतिनिधिहरुले एक चरण छलफल गरिसकेका छन् । राजनीतिक दलहरुले पुन: चार जना पदाधिकारी र आन्दोलरत शिक्षक तथा चिकित्सकसँग संयुक्त छलफल गर्ने भनिए पनि कामु उपकुलपति प्रा.डा.प्रह्लाद कार्की, रजिष्टार सूर्य प्रसाद संग्रौला तथा शिक्षाध्यक्ष प्रा.डा.सञ्जिव शर्मा यस विषयमै केन्द्रित भएर काठमाण्डौ गएकोले छलफल बस्न सकेको छैन ।
यसै विषयमा हिजो बुधबार धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले समेत बुझ्ने काम गर्नुभएको थियो तर प्रतिष्ठानका तीन‌ैजना पदाधिकारीहरु काठमाण्डौमा भएकोले मेयर साम्पाङसँग छलफल नै हुन पाएन ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।