Roamwings.com

https://www.facebook.com/roamwingstravel/

धरान विशेष स्वास्थ्य/जिवनशैली

बीपीको आन्दोलनले सर्वसाधारणले पाए सास्ती

धरान । लामो समयदेखि बढुवा प्रक्रिया रोकिएको विषयलाई लिएर आन्दोलित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत शिक्षकहरुको संगठन शिक्षक कल्याण समाजले गरेको आन्दोलनका कारण विरामीले समयमै उपचार पाउन सकेका छैनन् ।


७ बर्षदेखिको बढुवा प्रक्रिया सुचारु नभएको विषयलाई लिएर राजीनामा दिएर काममा नफर्किएका शिक्षक तथा चिकित्सकका कारण सधै विरामीको चाप हुने प्रतिष्ठानमा जुनियर चिकित्सकहरुले चेकजाँच गर्दै आएका छन् । जनशक्ति कम भएपछि दैनिक २ देखि ३ हजार विरामीको उपचार हुने प्रतिष्ठानमा १ सयदेखि १ सय ५० सम्म मात्र हेर्न थालिएको छ । चाप अत्याधिक हुदा समेत आज समयमै ओपिडीको विलकाउन्टर नखुलेपछि आक्रोसित विरामीहरुले बीपीको प्रशासन शाखामा गएर घेराउ गरेका थिए । उनीहरूले अस्पताल प्रशासनमा पनि पुगेर कि अस्पताल सधैको लागि बन्द गर्नुपर्ने कि उपचार सेवा दिनुपर्ने माग राखेका थिए । रामधुनी ७ सुनसरीकी मीना आचार्यले उपचार गराउन पटक पटक बीपी आए पनि आफू उपचार नै नगराई फर्किनुपर्ने अवस्था रहेको बताइन् ।


ब्ुधबार भने बिल काउन्टर समेत ढिलो गरी खुलेको थियो । काउन्टर खुलेर सहज रुपमा उपचार हुने अपेक्षा लिएर उनीहरु भुइमै बसेर प्रतिक्षरत रहेको दृश्य देखिन्थ्यो । आन्दोलनका कारण आफूहरुले धेरै सास्ती भाग्नुपरेको उपचारमा आएका विरामीहरुले बताएका छन् ।
अस्पताल प्रशासन पुगेका सर्वसाधारणहरुलाई प्रशासनमा जान रोक लगाएपछि सेक्युरिटी गार्डसँग केही बेर विवाद समेत भएको थियो । शिक्षकहरुले काम छाडेर आन्दोलन गरेपछि अहिले सबैभन्दा सास्ती विरामीले भोग्नु परेको छ । यहाँ नजिकबाटमात्र हैन टाढा टाढाबाट आएका विरामी उपचार नगराई फर्किर्नुपर्ने अवस्था रहेको छ । आन्दोलनका कारण उपचारमात्र हैन यहाँ नियिमत हुने विद्यार्थीको पढाई समेत हुन सकेको छैन ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।