Roamwings.com

https://www.facebook.com/roamwingstravel/

राजनिती

संघीय मन्त्री लिम्बुले पहिचानको मुद्दालाई नेपाली काँग्रेस पार्टीको नीति स्पष्ट रुपमा जनमानसमा ल्याउन आग्रह गरे ।

नेपाली काँग्रेस धरान उपमहानगर समिति द्वारा विहिबार धरान उधोग वाणिज्य संघ सुनसरीको सभा हलमा नेपालीहरुको दशै चार्ड सहित अन्य नजिक आई रहेको चार्डहरु समेतको शुभकामना – आदनप्रदान कार्यक्रम सम्पन्न गरेकोछ ।

शुभकामना कार्यक्रमको प्रमुख अतिथि एवं नेपाली काँग्रेस को तर्फबाट बनिएका संघीय खेलकुद मन्त्री डिग बहादुर लिम्बुले आफ्नो शुभकामना मन्तब्यमा कोशी प्रदेशको पुनः नामकरणको उठेको मुद्दालाई सम्बोधन गर्न नेपाली काँग्रेसले पहिचानको विषयमा पार्टीको नीति स्पष्ट रुपमा जनमानसमा ल्याउनु पर्ने कुरामा जोड दिए ।
उनको थप भनाईमा काँग्रेसले यस अघिनै पहिचानको बारेमा पार्टीको नीति बनाउन स्वर्गीय नेता भिम बहादुर तामाङको संयोजक्त्वमा कार्यदलले पार्टीलाई पहिचान भेटिने द्वन्द्व मेटिने निति मस्यौदा गरि प्रतिवेदन समेत बुझाएको बताए ।सोही नितिलाई वर्तमान काँग्रेसका नेतृत्व वर्गहरुले जनता माझ लैजान उपस्थित कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।
त्यसैगरी सोही कार्यक्रममा १ नम्बर प्रदेश सभाका पुर्व सभामुख प्रदिप भण्डारीले धरान एउटा बहुजाति, बहुसंस्कृति, बहुधार्मिक नेपाली समाज सद्भावपूर्ण रहँदै आएकोमा केही समय यता धार्मिक जातीय सद्भाव खलल ल्याउने प्रयास हुन थाल्नु दुर्भाग्यपूर्ण भएको बताए ।
पुर्व सभामुख भण्डारीले धरानको विकासका लागि महत्त्वपूर्ण निर्णयहरू आफ्नो कार्यकालमा भएको उल्लेख गर्दै ‘प्रदेश बन कार्यालय र पर्यटन कार्यालय धरानमा रहने निर्णय भैसकको हो, तर अहिले ती कार्यालय अन्यत्र लैजाने षडयन्त्र भइरहेको सुन्दैछु ।’ धरानमा आइसकेका प्रदेश कार्यालय अन्यत्र जानु दुर्भाग्यपूर्ण हुने कुराप्रति उनले चिन्ता प्रकट गरे ।

धरान उपमहानगरपालिका उपमेयर अइन्द्रबिक्रम बेघाले आफू धरानको नेतृत्व सही र सबल हुनुपर्ने पक्षमा रहेको बताउँदै भने ‘तर, धरानको विकासका लागि जुन समन्वय र सहकार्यको आवश्यकता छ त्यो हुन सकेको छैन । उपमेयर के हेरेर बसेको छ ? भनी प्रश्न पनि उठ्न सक्ने बताउँदै आफूले गर्न सक्ने समन्वयका प्रयास सक्दो गरिनै रहेको बताए ।

काँग्रेस नगर सभापति श्याम पोखरेलले विकास, निर्माण टाढैको कुरा सामाजिक सद्भाव समेते बिथोलिन अवस्थामा पुगिसकेको धरान समयमै ‘धरानका राजनैतिक दलहरू संयम र एकजुट भएर, यहाँका बुद्धिजीवी, सामाजिक अभियन्ताहरूको समेतको प्रयासबाट सामाजिक, धार्मिक सद्भाव बिथोलिने ठुलो दुर्भाग्यबाट बचेको छ ।’ त्यसैले अहिले सबै दलहरू, सामाजिक क्षेत्रहरू एकजुट भएर धरानका सबै सवालमा जिम्मेवार भएर अघि बढ्नु पर्ने कुरामा सभापति पोख्रेलले जोड दिए ।
सोही कार्यक्रममा नेपाली काँग्रेसका सुनसरी जिल्ला सभापति एवं ईनरुवा नगरपालिका प्रमुख केदार भण्डारीले पनि आफ्नो शुभकामना मन्तब्यमा विक्रम सम्बत २०३३ सालदेखि विपि प्रसाद कोईरालाले देश असज राजनीति परिस्थितिमा गुज्रेको अवस्थामा स्वदेशी शक्तिहरुलाई एकै ठाऊमा भेला गरेर चियापान कार्यक्रमको थालनी गरेको थियो अहिले आएर नेपाली काँग्रेसको परम्परालाई सबै पार्टिले अनुकरण गरेर गएको बताउदै मेयर भण्डारीले थप भनाईमा राजाको पालामा नभएको बाटो घाटो पुल, शिक्षा , स्वास्थ्यको विकास अहिले भएकोछ त्यो नेपाली काँग्रेसको नेतृत्वमा भएको समेत बताए ।
उक्त शुभकामना कार्यक्रममा नेपाली काँग्रेसका भोजपुर सभापति एवं कोशी प्रदेश साँसद विनोद वान्तावा, नेपाली काँग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापा, पूर्व संघीय सांसद मिना सुब्बा, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, इलाका प्रहरी कार्यालयका डिएसपी नवराज मल्ल, तरुण दल केन्द्रीय सदस्य देवेन्द्र लिम्बु, काँग्रेस प्रदेश १( क) सभापति श्रेष्ठ, प्रदेश१( ख) सभापति मुरारी भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।उक्त कार्यक्रम सँचालन नगर सचिव हिमाल श्रेष्ठले गरेको थियो ।
सोही कार्यक्रममा सुनसरी १ नम्बर क्षेत्रीय कार्य समितिले मुख पत्र समेत विमोचन गरेको थियोे ।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद