Roamwings.com

https://www.facebook.com/roamwingstravel/

राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३ जना पहिचानवादी नेता, कार्यकर्ताहरू मनकुमार याम्फु राई, बुलन चेम्जोङ लिम्बु र सानु लिम्बुलाई विना सर्त रिहाइ नगरे सम्म सङ्घर्ष समितिले धनकुटा बन्दको आव्हान गरेको हो ।

उनीहरू ५ दिन देखी धनकुटा जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । उनीहरूलाई केही दिन अघि धनकुटाको चौबिसेमा एमालेको भातृ सङ्गठन युवा सङ्घको कार्यक्रम अवरोध गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । यसअघि उनीहरूलाई रिहा नगरे धनकुटा बन्द गर्ने चेतावनी दिएपछि धनकुटा जिल्ला प्रशासन कार्यालयले आज सोमवार रिहा गर्ने आश्वासन दिएको थियो । संयुक्त सङ्घर्ष समितिको राजनीतिक घटक राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवाले भने ‘तर आज मङ्गलवार साँझ ७ बजे सम्म रिहा नगरे पछि धनकुटा बन्द गर्ने गरिने भएको हो ।

सङ्घर्ष समितिले धनकुटालाई चारै तिरको नाकाहरू बन्द गर्ने रणनीति अनुसार आज पूर्वका १४ जिल्ला स्थित सङ्घर्ष समितिहरूलाई नाकाबन्दीका लागि तयारी गर्न परिपत्र गरेको छ । पत्रमा सम्बन्धित जिल्लाका यातायात व्यवसायी, उद्योग वाणिज्य सङ्घहरूलाई सहयोगका लागि अनुरोध गर्न निर्देशन दिइएको छ ।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद