Roamwings.com

https://www.facebook.com/roamwingstravel/

आर्थिक महिला/बालबालिका

विलिभर्स स्कुलले अभिभावकलाई सिकायो अचार बनाउने सीप

धरानः धरान–५ स्थित डिपी विलिभर्स स्कुलका अभिभावकहरूको लागि एकदिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।
स्कुलका प्राचार्य सन्जीव वान्तवा राईको अध्यक्षतामा सम्पन्न तालिममा अभिभावकहरूको बाक्लो उपस्थिति थियो । तालिममा २२ जना अभिभावकहरू सहभागी थिए । अभिभावकहरूको निम्ति अतिरिक्त सीपमूलक प्रशिक्षण साथै तालिम पछि स्वरोजगारको लागि प्रोत्साहन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको प्राचार्य राईले जानकारी दिए ।


खाद्य निरीक्षक बादल चेम्जोङ र खाद्य विश्लेषक बिमला तामाङले तालिमको सहजीकरण गरेकी थिइन् । तालिममा सहभागी अभिभावकहरूलाई दुवै प्रशिक्षकहरूले छुट्टाछुट्टै सत्र गरी खाद्य स्वच्छता, खाद्य ऐन, नियमावली, उद्योग दर्ताको प्रारम्भिक प्रक्रिया तथा अचार सम्बन्धमा दुवै सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । सहभागी अभिभावकहरूले दुवै शाकाहारी र मांसाहारी अचार बनाएका थिए ।


तालिमको समापनमा अभिभावक श्रीस्ती लिम्बू र पुष्पकला लिङ्देनले आ–आफ्नो अनुभव बाँडेका थिए । स्कुलका सह प्राचार्य कुर्मित बान्तवा (लेप्चा)ले सहभागी अभिभावकहरूलाई बधाई तथा धन्यवाद ज्ञापन गरेकी थिइन् ।

छुटाउनुभयो कि ?

आर्थिक

पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरि निगमले मूल्य घटाएको
आर्थिक

नेपाल चीन सम्बन्धमा पारवहन र आर्थिक विकासको भूमिकाबारे अन्तरक्रिया सम्पन्न

सुनसरी उधोग वाणिाज्य संघ सुन धरानद्वारा शुक्रबार आयोजित नेपाल र चीन सम्बन्धमा पारवहन र आर्थिक विकासको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम